रूसको आरोप : संयुक्त राष्ट्रसंघले पश्चिमी देशलाई मात्र प्राथमिकता दिन्छ

संयुक्त राष्ट्र महासभाले बिहिबार रुसलाई संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निलम्बित गरिदियो । त्यसपछि रुसले यो निर्णय मानवाधिकारको स्थितिको आधारमा नभई पश्चिामी देशको प्राथमिकतामा ध्यान राखेर लिइएको निर्णय बताएको छ ।संयुक्त राष्ट्रमा रुसको मिसनले सोसल मिडियामा बयान जारी गर्यो ।

यसमा भनिएको छ, ‘अमेरिकाको यो प्रस्ताव अवैध र राजनीतिबाट प्रेरित छ । यसको उद्देश्य एउटा यस्तो सम्प्रभु राष्ट्रमाथि दबाब बनाउनु हो जोसँग स्वतन्त्र विदेश र घरेलु नीति छ ।’

रुसले भनेको छ, ‘यो प्रस्ताव विश्वव्यापी सम्बन्धका लागि खतरनाक छ र निलम्बन अघि नै ७ अप्रिल, २०२२ मा रुसी संघले मानवाधिकार परिषद्बाट बाहिर निकाल्ने निर्णय गरेको छ ।’

सम्बन्धित समाचार