लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट आनन्दमोहनको इजलासमा

लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ ।

आज अपरान्ह १ बजे प्रदेशसभाको अधिवेशन डाकिएको छ । तर सो रिटमाथिको पेसी पछाडि राखिएकाले आज पनि हेर्न नभ्याइने वा ढिला हुने सम्भावना छ ।

अदालतले कुनै आदेश नदिए वा हेर्न नभ्याइएमा लुम्बिनीको प्रदेशसभामा अन्योल कायमै रहनेछ ।