लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।

बैठकको सुरूमै सभामुखले प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको खबर आफूलाई जानकारी प्रदेश सभा बैठकमा सुनाएका थिए ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्रीले राजीनामा दिएको पत्र भने प्रदेश सभामा प्राप्त भइनसकेकोले प्रक्रिया अगाडि बढाइएको सभामुखले जानकारी गराएका छन् ।