नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतले निर्दोष साबित गरेपछि सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । समयमै भिसाको वातावरण बनाउन सरकार चुकेको उनले आरोप लगाए ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा महामन्त्री शर्माले अदालतबाट निर्दोष साबित गरेको समयमै सूचित गर्न सरकार चुकेको बताएका हुन् । ‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष साबित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल गर्नु पर्दथ्यो। यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ महामन्त्री शर्माले भने ।
नले सन्दीपको भिसाका लागि सरकारले सुरुबाटै उचित पहल हुनुपर्नेमा कहाँ चुकेको हो? भनी प्रश्न गरे।
‘आफ्नो खेलाडीको बारेमा अदालतको फैसला सुशुचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल हुनुपथ्र्यो। यसमा कमजोरी कहाँ रह्यो, खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउनुपर्थ्यो,’ उनले भने।
विश्वकप आयोजक अमेरिकाले भिसा नदिएपछि सन्दीप विश्वकप खेल्न जान नपाएका हुन् ।















