संसद विघटनपछि देउवाले बोलाए पदाधिकारी बैठक

प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् ।

शनिबार बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार