टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

Image

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा दुई वटा मोटरसाइकल र एक स्कुटरमा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा बा प्र ०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने २३ वर्षीय रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ ।

घाइते चार जनाको नयाँ मेडिकल कलेजमा र एक जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ ।