बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको छ ।
शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् ।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ । यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो । यो किसानले पाउने मूल्य हो ।
उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ ।












