‘मिसिङ : केटी हराएको सूचना’ माघ ११ मा रिलिज

Image

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ माघ ११ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्र प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्बिर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो । 

यसअघि यो फिल्म कात्तिक ३० गते रिलिज हुने भनिएको थियो । तर, ‘पूर्ण बहादुरको सारंगी’ ले आक्रामक व्यापार गर्दा यसको रिलिज मिति सार्नुपरेको थियो । 

चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । चलचित्रमा कथा पनि दीपेन्द्र स्वयंले लेखेका छन् । 

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।