सुनको सिक्री लुटेको आरोपमा काठमाडौँको नागार्जुनबाट प्रहरीले दुई जनालाई पक्राउ परेको छ । उनीहरुलाई लुटिएको सिक्री र मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर- २ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ४ शरणपुर बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र मोटसाइकल चालक काठमाडौँ महानगरपालिका १५ बिजेश्वरी घर भएका ३९ वर्षीय कृणप्रसाद श्रेष्ठ छन् । श्रेष्ठ मोटरसाइकल चालक हुन् ।
यही मंसिर २० गते उनीहरुले नागार्जुन नगरपालिका ६ टौखेल बस्ने ७२ वर्षीया मैया बुढाथोकीको दुई तोलाको सुनको सिक्री लुटेर फरार भएका प्रहरीको आरोप छ । प्रहरीका अनुसार बा९६प ५७१७ नम्बरको अप्पाची मोटरसाइकलमा सवार उनीहरुले बुढाथोकी घर नजिक बसिरहेको बेला सिक्री लुटेर फरार भएका थिए ।
लुटपाटको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट प्रहरी टोली परिचान भएको थियो । उनीहरुलाई मोटरसाइकल तथा लुटिएको सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।













