परराष्ट्रमन्त्री खनालले गरे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

Image

नीको प्रणाली (क्रायोस्फियर)मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गरे ।

हालैको विनाशकारी भोटेकोसी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति व्यहोर्नुपरिरहेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकामा जोड दिए ।

हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका निम्ति समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिले समेत सम्बोधन गरेका थिए । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टर्किए गएको हो ।