बनेपाबाट आधा केजी सुनसहित दुई जना पक्राउ

प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ स्थित साँगा चोकबाट ५५८ ग्राम सुन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लास्टिकको झोलामा लुकाएको अवस्थामा सुन बरामद गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।