सर्लाहीमा आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विष्णु गाउँपालिका- ६ सिमराका ३२ वर्षीय भगलु मण्डल रहेका छन् । ६५ वर्षीया आमा फूलकुमारी देवीको हत्या गरेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा भगलुले कुटपिट गर्दा फूलकुमारी गम्भीर घाइते भएकी थिइन् । घाइते फूलकुमारीको थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












