प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जना सांसद छन्। लोसपाले पनि सरकारलाई विश्वासको मत दिने निर्णयगरेसँगै प्रधानमन्त्री दाहाललाई झण्डै दुई तिहाइ मत मिल्ने देखिएको छ।