नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।
महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम रहेको थियो ।त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।यसअघि आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।
















