रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु आन्तरिक छलफलमा

रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि पार्टीमा यसबारे छलफल हुने भएको हो ।

सर्वोच्च लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरेको छ । उनले नेपाल नागरिकता पुन प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो।