महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई हरायो

Image

एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार जापानको आइचीस्थित ओकाजाकी सेन्ट्रल पार्क जेनरल जिम्न्यासियममा नेपालले वरीयता निर्धारणका निम्ति भएको प्लेअफमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको हो । 

नेपालले खेल २५–२०, २५–१६ र २५–२० ले आफ्नो पक्षमा पार्‍यो । अब नेपालले नवौँ स्थानका निम्ति हुने खेलमा कतार र फिलिपिन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणमा नेपालले जापान र इन्डोनेसियासँग सोझो सेटमा हार व्यहोरेको थियो ।