काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
आज विहान प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा दुईको भेट बाक्लिएको हो। एमालेले आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने अडान राखेको छ। माओवादी राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छ।














