आज पनि रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक २३ अंकमाथिले घट्न पुगेको छ । यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा ओर्लिएको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घट्दै नेप्से सूचक २०७०.४१ अंकमा अडिएको थियो ।

हिजो आइतबार भने प्रजातन्त्र दिवसका कारण सार्वजनिक विदा हुँदा सेयर बजार बन्द रह्यो । उसो त सोमबार २३ अंकमाथिले नेप्से घट्दै गर्दा यता कारोबार रकम समेत १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।