नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नामबाट डर त्रास देखाई चन्दा मागेको आरोपमा दुईजना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको टिकापुरका हृदयराज बोगटी र नुवाकोटको ककनीका नरहरि ढुंगाना छन् । एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद समेत बरामद गरेको छ ।















