काठमाडौंको सितापाइलामा मृत भेटिएकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेका छन् । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
यसअघि ओखलढुंगा घर भइ नागार्जुन नगरपालिका वडा नम्बर–६ स्वयम्भूस्थित डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानी मृत भेटिएका थिए । उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ ।
अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।













