नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो। डाँगीको घरबाट गत फागुन ६ गते नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो।
खेलाडी डाँगीको घरअगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोहीक्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।















