बारामा कारभित्र मृत भेटिए विमानस्थलका कर्मचारी (भिडियो)

Image

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११, दुधौरा खोला पुलनजिक कारभित्र शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा–१ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्थानीयले गाडीभित्र शव रहेको खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।

वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका निम्ति पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।