किराना पसलबाट लागुऔषध बरामद, सञ्चालक पक्राउ

Image

वीरगञ्जको एक किराना पसलबाट प्रहरीले लागुऔषध बरामद गरेको छ। पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–१ का राजाराम महतो कोइरी रहेका छन् । उनले सञ्चालन गरेको श्रृष्टी किराना जेनरल स्टोरबाट लागुऔषध बरामद भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पसलबाट लागुऔषध ट्रमाडोल हाइड्रोक्लोराइड ५० एमजीको एक लाख ५१ हजार ८६० पिस बरामद गरेको थियो ।

पक्राउ परेका कोइरीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।