आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

Image

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई नियन्त्रणमा लिएको जनाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा युपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।