बुटवलमा २१ वर्षीय अन्जनाको सिलौटाले हानेर हत्या

Image

बुटवलमा ३१ वर्षीय श्रीमानले २१ वर्षीय श्रीमतीको सिलौटाले हानेर हत्या गरेका छन् ।

बुटवल उपमहानगरपालिका ११ माझगाउँ सत्यवती टोल बस्ने करिब ३१ वर्षीय सागर विकले अन्दाजी २१ वर्षीया अन्जना विकको सोमबार हत्या गरेको प्रहरीले जनाएको छ ।

करिब २ बजेतिरको समयमा घरमै बसिरहेका सागरले अन्जनालाई टाउकोमा सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बिजय पण्डितले जानकारी दिए । मदिराको तालमा रहेका उनले श्रीमतीसँग विवाद गर्दै आएका थिए ।

उनले सागरलाई नियन्त्रणमा लिइसकिएको र शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको जानकारी पण्डितले दिए ।