सलोन बस्नेतको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् ।
निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने खुलाएको छैन । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म आगामी फागुन २ गते रिलिज हुँदै छ। सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।
प्रस्तुतकर्ता सलोनका अनुसार फिल्ममा बाबुछोरीको कथा छ । फिल्म ‘रंगी’ सलोनको डेब्यु निर्माण हो । सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ ।















