म्यानमारबाट थाइल्याण्ड पुर्‍याइएका पाँच नेपाली डिपोर्ट

Image

म्यानमारको मेवाडीबाट उद्धार गरि थाइल्याण्ड पुर्‍याइएका पाँच जना नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ ।

टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड पुर्‍याइएका पाँच जना नेपालीमध्ये चार जना पुरुषलाई १७ डिसेम्बर र एक जना महिलालाई आज नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्था समेतको सहयोगमा उनीहरूलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत देशमा नजान दूतावासले आग्रह गरेको छ ।