सिद्धार्थ बैंकले स्थापना कालको २२औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनमा आएको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरी वार्षिकोत्सव मनाएको हो ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । जसमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम रहेको थियो ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै बैंकले ‘सिद्धार्थ बैंक २२औँ वार्षिकोत्सव अफर’ ल्याएको छ ।