जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

Image
फाइल फोटो

काठमाडौं महानगरपालिका–६, रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पा समेत आठजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद एकलाख ४५ हजार ५०० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।