धनुषामा एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव फेला, श्रीमान् पक्राउ

धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान ५५ वर्षीय दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक साहले बताए । गत मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।

दशैयाले सधैँ रक्सी खाएर पत्नीलाई कुटपिट गर्दै आएका छिमेकीले बताएका छन्। घरमा पतिपत्नी र बुहारी बस्दै आएका थिए ।

Share