पाँच राउण्ड हवाई फायर गरी खाग तस्कर पक्राउ

हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेर हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना क्षेत्रबाट एक जना तस्करलाई नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीलाई देखेर भाग्न खोजेपछि हवाई फायर गर्नुपरेको मकवानपुर प्रहरीले जनाएको छ । तस्कर पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जबाट ७८ जनाको टोली खटिएको थियो ।

तस्कर पक्राउ गर्न आएको सेनाका टोलीलाई देखेपछि भाग्न खोजेका तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाइएको छ ।