नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका(४ आरूखर्क बस्ने जितेन्द्र मण्डल छन् ।
उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए । आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए ।
औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ ।
प्रहरीले उनको साथबाट आइफोन, भिभो र सामसङ कम्पनीको १र१ थान मोबाइल बरामद गरेको छ । साथै ५९ हजार ३६० रुपैयाँ पनि बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।













