एक १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौँबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का ३० वर्षीय सम्राट बस्नेत र सरोज महतरा छन् ।
प्रहरीका अनुसार, उनीहरूले घुम्न जाने भन्दै आफू बस्दै आएको काठमाडौं महानगरपालिका–३० सेतोपुलस्थित कोठामा बोलाएर बलात्कार गरेको खुलेको छ ।
उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












