यस्तो छ सलमानको फिल्म ‘सिकन्दर’को टिजर

Image

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ । टिजरमा उनी सिकन्दरको भूमिकामा देखिएका छन् । जहाँ सलमानले एकैपटक मास्क लगाएका धेरै मानिससँग सामना गर्छन् ।

टिजरमा उनको संवाद छ, ‘धेरै मान्छे मेरो पछि लागेका छन् भन्ने सुनेको छु, मलाई फर्किन ढिला भयो । सलमान खानले एकरएक गर्दै सबैलाई बन्दुकले ढाल्छन् । टिजरमा यो संवादसहित ब्याकग्राउन्ड उत्कृष्ट छ ।

सलमानसहित रश्मिका मन्दाना स्टारर फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुँदै छ । निर्देशक मुरुगादासले यसअघि गजनी, हलिडे र अकिराजस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् ।

साजिद नाडियाडवालाले निर्माण गरेको फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स हो ।