कोटेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ

Image

 प्रहरीले कोटेश्वरबाट पेस्तोल र त्यसमा लाग्ने नौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय सनराइज खड्का छन् । उनी होटलबाट पक्राउ परेका हुन् ।

प्रहरी अधिकारीका अनुसार, लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा सर्च गर्दा उनको साथबाट पेस्तोल बरामद भएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।