भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना राज्यको राजधानी लखनउको हो । भारतीय सञ्चारमाध्यमका अनुसार लखनउस्थित होटल शरणजीतमा अरशद नामका युवकले आमा र चार बहिनीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २४ वर्षका अरशदले ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमिनसहित आफ्नी आमाको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार अरशदलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।
परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।