वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ११ लाख ठगी

Image

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाइ रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

काठमाडौँ नागार्जुन नगरपालिका–८ बस्ने ३६ वर्षीय समय गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको अभियोग छ । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जानकारी गराएको छ ।