छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

Image

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

डोमान सिंहले घरायसी विवादका क्रममा गल प्रहार गर्दा लिला गम्भीर घाइते भएको थिए । गम्भीर घाइते भएका लिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले डोमान सिंहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।