मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल

Image

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्यीय कार्यदल बनाएको छ ।

जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार सदस्यहरू तोकिएको हो ।

संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन् ।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गर्न अभियान नै चलाएको बेलामा जनमतले पनि वार्ता समिति बनाएको हो ।

मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास चलिरहेको बेलामा डा. सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको तहसम्म जानेगरी छलफल चलिरहेको चर्चा छ ।