दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।
उनीहरूलाई विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट ६ वटा गोहोरोसहित नियन्त्रणमा लिइएको हो । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।













