रास्वपा सभापति रवि लामिछाने आजै छुट्दै, काठमाडौंमा आफैं उपस्थित हुने

Image

सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो ।

लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । धरौटी बुझाएसँगै अब उनीहरूलाई रिहा गरिने छ।

लामिछानेलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो । उनलाई स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छोड्न लागिएको हो ।

रास्वपा कोषाध्यक्ष दीपक बोहराले पनि सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए । प्रहरीले केहीबेरमा रविको स्वास्थ्य परीक्षण गरेर पार्टीको जिम्मा लगाउँदैछ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।