अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु भएको एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट रहेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार खड्का सोही होटलमा हाउस किपिङमा काम गर्थे । भट्टलाई जागिर लगाई दिने भन्दै उनले होटेलमा ल्याएका थिए ।
पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर कार करिब १० फिट गहिरो पोखरीमा खसेको समाचारमा उल्लेख छ ।