एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

Image

चेक अनादर मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्लविरुद्ध २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो । ‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो’, एसपी अधिकारीकाले भने, ‘त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’

भक्तपुर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त महाराजगञ्जलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए ।