चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ

Image

काठमाडौँको काँडाघारीबाट चार सय किलो भन्दा बढी रक्तचन्दन सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

बुधबार बिहानै बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।