गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् ।
‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले भने। अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् ।
झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला-महोत्सवमा व्यस्त छिन्।