चोरीको गहना बिक्री गर्ने विषयमा विवाद हुँदा दैलेखमा ११ वर्षीय बालकको हत्या

Image

दैलेखमा ११ वर्षीय बालकको हत्या गरेको अभियोगमा दुई जना बालक पक्राउ परेका छन् ।

दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शनिबार शव भेटिएको थियो ।

गत माघ २५ गते हराएका ति बालकको शव आफ्नै साथीहरुले हत्या गरेर घर नजिकै रहेको बाँसघारीमा गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने विषयमा विवाद हुँदा ती बालकलाई माघ २५ गते राति नै हत्या गरेका थिए ।