प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्न नाम टिपाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन् ।
सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद श्रेष्ठको नाम तीन पटकसम्म बोलाएका थिए । तर सांसद श्रेष्ठले उक्त समयमा धारणा नराखेकी हुन् ।
उनी मंगलबारको प्रतिनिधि सभा बैठकमा उपस्थित रहेकी थिइन् । तर सभामुखले तीन पटकसम्म नाम उच्चारण गर्दा संसदको लाइभमा भने सभामुखलाई मात्रै देखाइएको थियो, सांसद बसेका ठाउँ देखाइएको थिएन ।
सांसद श्रेष्ठले सोमबार भारतको ओडिसामा भएको घटनाबारे बोल्न समय माग गरे पनि सभामुखले समय दिएका थिएनन् ।