काठमाडौंमा किशोरी बलात्कृत, २५ वर्षीय युवक पक्राउ

Image

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।