रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ

Image

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

प्रहरीले पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चार जनालाई पक्राउ गरेको हो । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् ।

उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।