बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

Image

बालिकालाई यौन पेसामा लगाएको आरोपमा काठमाडौंबाट होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेस्टहाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
 
उक्त गेस्टहाउस एण्ड रेष्टुरेन्टमा शम्भुलालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबर्जस्ती यौन पेसामा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उक्त गेस्टहाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । 

पक्राउ परेका मल्लउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।